राज्य निर्माणबारे राजावादी भ्रम : ‘जमिन’ प्रमुख हो कि ‘जनता’ ?

शाहवंश नेपालको प्रथम राजतन्त्र हैन, अन्तिम राजतन्त्र हो । प्रथम राजतन्त्रले राज्य स्थापना गर्दछ कि अन्तिमले ? यदि राज्य स्थापनाको जस दिने हो भने प्रथम राजवंशलाई किन नदिने ? अन्तिमलाई किन दिने ?

राज्य निर्माणबारे राजावादी भ्रम : ‘जमिन’ प्रमुख हो कि ‘जनता’ ?

काठमाडौं। राजनीतिशास्त्रको विश्वव्यापी मान्यता हो– राज्यका ५ वटा तत्त्व हुन्छन्, भूगोल, जनसंख्या, सरकार, सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय मान्यता ।

त्यसमा पनि सरकार, सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय मान्यताको प्रश्नमा त्यति धेरै विवाद हुने गर्दैन । तर, भूगोल र जनसंख्यामध्ये, अर्थात् ‘जमिन’ र ‘जनता’ मध्ये कुन प्रमुख हो भन्ने बहस भने बारम्बार उठिरहन्छ ।

सामान्यतः रुढिवादी, सम्बर्द्धनवादी तथा संकीर्ण राष्ट्रवादी विचारधाराले ‘जमिन’ लाई महत्त्व दिन्छ । भूगोलको एकीकरण, अधिनस्थता वा अधिपत्य नै राज्य निर्माण हो भन्ने ठान्दछ । तर, उदारवाद, समाजवादजस्ता प्रगतिशील तथा लोकतान्त्रिक विचारधाराले भने ‘जनता’ लाई महत्त्व दिन्छन् ।

स्मरणीय कुरा के छ भने, ‘जमिन’ लाई महत्त्व दिनेले ‘जनता’ लाई दोस्रो प्राथमिकतामा राख्दछ भने ‘जनता’ लाई प्राथमिकता दिने दृष्टिकोणले पनि ‘जमिन’को महत्त्वलाई अस्वीकार भने गर्दैन ।

कुनै जमिन यदि त्यहाँ मान्छे छैनन् भने आफैमा राज्य हुँदैन । मान्छेले सरकार, सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने हो । यदि मान्छे छैनन् भने राज्यका यी तीन तत्त्व क्रियाशील नै हुँदैनन् ।

राज्यको उत्पत्ति हुनुअघि पृथ्वीका धेरै भूभाग राज्यविहीन थिए । राज्यको उत्पति भएपछि ती भूभागलाई युद्ध, सम्झौता वा अन्तर्राष्ट्रिय मान्यताद्वारा कुनै न कुनै राज्यको सीमाभित्र समेटियो । तथापि, अन्टार्काटिकाजस्तो एक ठूलो भूगोल अझै बाँकी छ– जहाँ राज्य छैन। महासागरका विभिन्न भाग कुनै राज्यका भूगोल हुन कि हैनन् भन्ने बहस बाँकी नै छ ।

मान्छेले अधिपत्य कायम गरेको भूगोल नै राज्यको क्षेत्र हुन्छ, भूगोल आफैँ राज्य हुँदैन । यो सत्यलाई स्वीकार गर्ने हो भने राज्य बन्नका लागि भूगोलभन्दा जनता प्रथम हो । ‘जनता’ वा ‘नागरिक’ धेरै पछि स्थापित हुँदै गएका राजनीतिक मान्यता हुन् । जनसंख्या तत्त्वको सार भने ‘मान्छे’ हो ।

यदि, मानव प्राणी हुँदैनथ्यो भने धर्तीमा अरु प्राणीले राज्य बनाउँदैनथे । अरु प्राणीले राज्य बनाएको अहिलेसम्म कुनै उदाहरण छैन । वनस्पति वा पशुपंक्षी को कुनै राज्य छैन । उनीहरूको कुनै सिमाना पनि छैन । उनीहरूलाई कुनै नागरिकता प्रमाणपत्र, राहदानी वा प्रवेशाज्ञा चाहिँदैन । पशुपंक्षीको आवतजावत अहिले पनि अन्तर्राष्ट्रिय र विना रोकतोक नै छ ।

मान्छे विनाको भूगोल राज्य हुन सक्दैन भने राज्य निर्माणमा जमिनभन्दा जनसंख्या नै प्राथमिक तत्त्व बन्छ । अर्को पाटो– जमिन कसैले आर्जन गरेको वा आर्जन गर्न सक्ने चिज हैन । जमिनको अर्थ पृथ्वीको एक टुक्रा हो । पृथ्वी मान्छेले आर्जेको, सृष्टि गरेको हैन ।

यसले के पुष्टि गर्दछ भने भूगोल र प्राणी हुनु पनि राज्यका लागि पर्याप्त हैन । राज्य हुन मानव प्राणी नै चाहिन्छ । नागरिकता, पासपोर्ट र भीसा मान्छेलाई मात्र चाहिने हो ।

तर, यी पनि राज्य संचालन प्रक्रियामा धेरै पछि निर्माण भएका मान्यता, औजार वा हतियार हुन् । प्राचीनकालीन राज्यमा मान्छेको आवागमन र बसाइँसराई निर्बाध थियो । मध्यकालमा आएर यो प्रक्रियामा कडाइ गरियो ।

मान्छे विनाको भूगोल राज्य हुन सक्दैन भने राज्य निर्माणमा जमिनभन्दा जनसंख्या नै प्राथमिक तत्त्व बन्छ । अर्को पाटो– जमिन कसैले आर्जन गरेको वा आर्जन गर्न सक्ने चिज हैन । जमिनको अर्थ पृथ्वीको एक टुक्रा हो । पृथ्वी मान्छेले आर्जेको, सृष्टि गरेको हैन ।

सृष्टिको प्रक्रियामा पहिले पृथ्वी थियो अनि मान्छे भयो । मान्छेले पृथ्वीको सृष्टि, रचना वा आर्जन गर्दैन । गर्न सक्दैन । फेरि राज्य निर्माण प्रक्रियामा भूगोलको अर्थ के हो त ? भूगोलको अर्थ पृथ्वीमा मान्छेले लगाएका सीमारेखा हुन् । धर्ती आफैँले आफैँमा कुनै सीमारेखा लगाएको छैन । लगाउँदैन ।

धर्तीमा राज्य बन्ने प्रक्रियामा लगाइएका सीमारेखा पनि स्थिर हैनन् । संसारमा त्यस्तो कुनै राज्य छैन, जसको सिमाना सबै कालखण्डमा स्थिर र क्षेत्रफल बराबर थियो । संसारका धेरै ठूला राज्य, साम्राज्य पतन वा लोप भएर गएका छन् ।

धेरै नयाँ राज्य जन्मिएका छन् । आज जुन राज्य छन्, तीमध्ये कयौं हिजो थिएनन् । हिजो जुन राज्य थिए, ती सबै आज छैनन् । आज जुन राज्य छन, ती सबै भोलि रहने छैनन् । भोलि त्यस्ता धेरै नयाँ राज्य जन्मिन सक्दछन्, जो न हिजो थिए, न आज छन् ।

राज्य जन्मिने र मर्ने, उत्थान र पतन हुने प्रक्रियाको आ-आफ्नै युग र सापेक्षता हुन्छ । तसर्थ, कुनै राज्यको इतिहासलाई कहाँनेरबाट सुरुवात गर्ने ? कुन विन्दुमा कसले भूगोल आर्जन गरेको मान्ने ? यो आफैँमा विवादित प्रश्न हो ।

राज्य जन्मिने र मर्ने, उत्थान र पतन हुने प्रक्रियाको आ-आफ्नै युग र सापेक्षता हुन्छ । तसर्थ, कुनै राज्यको इतिहासलाई कहाँनेरबाट सुरुवात गर्ने ? कुन विन्दुमा कसले भूगोल आर्जन गरेको मान्ने ? यो आफैँमा विवादित प्रश्न हो ।

कुन राज्यको कहाँनेर सिमाना उपयुक्त हो, कति क्षेत्रफलमा बनेको राज्य सही हो भन्ने कुनै मानक छैन । किनकि, संसारमा धेरै साना, साना, मझौला, ठूला, धेरै ठूला सबै प्रकारका राज्य छन् ? ती मध्ये कुन र कति उपयुक्त हो, त्यो भूगोलले आफै भन्न सक्दैन । जमिनले आफै कुनै दाबी गर्दैन ।

दाबी मान्छेले गर्दछ– यसबाट पनि पुष्टि हुन्छ कि राज्य निर्माण प्रक्रियामा जमिनभन्दा जनता महत्त्वपूर्ण कुरा हो । किनकि, राज्यको दाबी जमिनले गर्दैन, मान्छेले गर्दछ । राज्यका सीमा सबै युद्धले निर्धारण गरेका हैन । सबै राज्यका सीमारेखा रगतले कोरिएका धर्का हुन भन्ने तर्क सत्य हैन । राज्य निर्माण प्रक्रियामा युद्ध पनि एउटा कारकतत्त्व देखिन्छ । तर, सम्पूर्ण हैन ।

नेपालको सिमाना मेची-महाकाली नेपाल–अंग्रेज युद्ध र सन् १८१६ को सुगौली सन्धीले निर्धारण गरेको थियो । यो युद्ध र सम्झौताले सिमाना निर्धारण गरेको उदाहरण हो । तर, यही कुरा छिमेकी देश भारतमा लागू हुँदैन ।

भारत देशको आज जुन सिमाना र क्षेत्रफल छ त्यो कुनै युद्धले निर्धारण गरेको हैन । स्वतन्त्रता आन्दोलन नामको राजनीतिक प्रक्रियाले निर्धारण गरेको हो ।

अहिलेको भारत राज्य बनेको सन् १९४७ मात्रै हो । त्यसअघि, त्यहाँ ६०० भन्दा बढी राज्य थिए । तिनमा रजौटा थिए । कुनै महाराजले भूगोल आर्जन गर्नु नै आधुनिक राष्ट्रिय राज्य बन्नका लागि पर्याप्त आधार हुन्थ्यो भने ति किन गायब भए ? सायद यसको कुनै उत्तर हुन सक्दैन ।

अर्थात् राज्यका सिमाना निर्धारण गर्ने तत्त्वका रूपमा कतै युद्ध छ, कतै सम्झौता, कतै आन्दोलन र क्रान्ति छन्, कतै ऐतिहासिकतालाई मान्यता दिइएको छ । कतै बिल्कुलै नयाँ आधारको जन्म भएको छ । जस्तो कि,पाकिस्तान र बंगलादेश ।

पाकिस्तान भन्ने शब्द त शब्दकोशमै थिएन । स्वतन्त्रतापछि भारतबाट छुट्टिन पञ्जाबको ‘पी’, अफगानको ‘ए’, कश्मिरको ‘के’, सिन्धको ‘एस’ र बलुचिस्तान को ‘तान’ जोडेर पाकिस्तान शब्द सिर्जना गरिएको थियो ।

यी इतिहासमा कहिल्यै नभएका राज्य आधुनिक कालमा बने । पाकिस्तान भन्ने शब्द त शब्दकोशमै थिएन । स्वतन्त्रतापछि भारतबाट छुट्टिन पञ्जाबको ‘पी’, अफगानको ‘ए’, कश्मिरको ‘के’, सिन्धको ‘एस’ र बलुचिस्तान को ‘तान’ जोडेर पाकिस्तान शब्द सिर्जना गरिएको थियो । बंगाल एउटै थियो । आजको बंगालादेश र भारततिर परेको पश्चिम बंगाल एउटै थिए । आज दुईवटा देशमा दुईतिर भए ।

नेपालका प्राचीन राज्य पनि यसरी नै बाँडिएका छन् । मिथिला भारत र नेपाल दुईतिर परेको छ । कपिलवस्तु वा अवध भारत, नेपाल दुईतिर परेको छ । लिम्बुवानको मेची– टिष्टा बीचको भूभाग भारततिर मेची–अरुण बीचको भूभाग नेपालतिर छ । खस साम्राज्यको काली–सतलज बीचको भूभाग भारततिर छ । यसलाई कसले मिलाउन सक्छ अहिले ?

अर्थात् राज्य निर्माण गर्ने कुनै एउटै कारकतत्त्व हुँदो रहेनछ । अनेक कारण हुने रहेछन् । त्यसको ऐतिहासिकता र मनोविज्ञान हुँदो रहेछ । ऐतिहासिकता र मनोविज्ञान कसको होला ? जमिनको कि मान्छेको ? भूगोलको कि जनताको ?
जमिनको कुनै इतिहास हुँदैन ।

जमिनले आफ्नो इतिहास आफैँ लेख्दैन । इतिहास भन्ने शब्द कुनै बोट विरुवाजस्तो जमिनबाट उम्रिएको हैन, मान्छेबाट अभिव्यक्त भएको हो । मान्छेले आफ्नो इतिहास लेख्छ । इतिहास बनाउँछ । इतिहास भनेकै मानवीय सोच र संघर्षका कथा र गाथा हो ।

ऐतिहासिकता जस्तै मनोविज्ञान पनि मान्छेको हुन्छ, जमिनको हैन । मान्छेको सोच वा मनोविज्ञान बदलियो भने राज्य बद्लिन्छन्, राज्यका सिमाना पनि बदलिन्छन् । कुनै पनि राज्यको भविष्य, उत्थान र पतन, मान्छेको ऐतिहासिकता र मनोविज्ञानले निर्धारण गर्दछ, जमिनले हैन ।

कुनै राजा-महाराजको गुणगान र महिमामण्डन गरेर इतिहासको सही ज्ञान हुँदैन। कुन राजाले, कुन वंशले शुरु गरेको राज्य विस्तारचाहिँ अन्तिम मानक हो वा हैन भन्ने भन्ने कुराको आधार के ? के शाह वंशअघि यो नेपाल थिएन, के राजतन्त्र थिएन ?

नेपाल राज्यको उत्पति र विकासको कुरा गर्दा पनि यी यथार्थलाई स्मरण गर्न आवश्यक छ । आज नेपालको भूगोल मेची– महाकाली बीचमा छ, त्यो भनेको सन् १८१६ मा निर्धारण भएको हो । २०७ वर्ष भयो । तर, हामीले बिर्सन नहुने कुरा के छ भने नेपाल राज्यको इतिहास भने २०७ वर्षको मात्र छैन, करिब ५ हजार वर्ष पुरानो छ ।

यो अवधिमा राज्यका सीमा धेरैपटक तलमाथि भएका छन् । यो यथार्थलाई बिर्सेर, कुनै राजा-महाराजको गुणगान र महिमामण्डन गरेर इतिहासको सही ज्ञान हुँदैन। कुन राजाले, कुन वंशले शुरु गरेको राज्य विस्तारचाहिँ अन्तिम मानक हो वा हैन भन्ने भन्ने कुराको आधार के ? के शाह वंशअघि यो नेपाल थिएन, के राजतन्त्र थिएन ? के समाज थिएन ? के संस्कृति थिएन ? के इतिहास थिएन ? यी सबै चिज थिए ।

शाहवंश नेपालको प्रथम राजतन्त्र हैन, अन्तिम राजतन्त्र हो । प्रथम राजतन्त्रले राज्य स्थापना गर्दछ कि अन्तिमले ? यदि राज्य स्थापनाको जस दिने हो भने प्रथम राजवंशलाई किन नदिने ? अन्तिमलाई किन दिने ? यो बहस इतिहासको ‘कट अफ’ केलाई मान्ने भन्ने विन्दुमा पुग्दछ ।

विश्वव्यापी प्रचलन हो, इतिहासलाई प्राचीन, मध्यकाल र आधुनिक गरी तीन कालखण्डमा बाँड्ने गरिन्छ । यी तीन कालखण्ड विभाजन गर्ने आधार के हो त ?

प्राचीनताको अर्थ–सभ्यताको सुरुवात हो । मानव बस्तीको विकासक्रम हो । कृषि र पशुपालनको सुरुवात हो । भाषा र संस्कृतिको विकास प्रक्रिया हो । साना र खुकुला नगरराज्यको युग हो । गणसमाज राज्यनिर्माणतिर उन्मुख भएको युग हो ।

मध्यकाल– दासता, निरंकुशता, युद्ध, सामन्ती राजतन्त्र र धर्मान्धताको युग हो । युरोपतिर यसलाई डार्क एज, अन्धकारको युग भनिन्छ । आम मान्छेलाई पढ्न लेख्न नदिएर, रुढीवाद र अन्धविश्वासको खेती गरेर, जातपात, विभाजन, रंगभेद र छुवाछुत गरेर आम मान्छेलाई रैती बनाइएको युग हो यो ।

आधुनिकताको अर्थ– मान्छे रैतीबाट नागरिक हुने प्रक्रिया हो । राज्य निर्माणमा जनसंख्या तत्त्वको प्राथमिकतालाई सर्वोपरी राख्ने, नागरिकलाई सार्वभौम बनाउने प्रक्रिया हो ।

तसर्थ, राज्यको आधुनिकता भूगोलको एकीकरणबाट हैन, नागरिक सार्वभौमिकताको आन्दोलन र प्राप्तिसँग जोडिएको हुन्छ । दासता, निरंकुशता, वंशवाद, राजतन्त्र र सामन्तवादलाई संसारभरि कहीँ पनि आधुनिकता मानिँदैन । आधुनिकता भनेको शिक्षा, विज्ञान र लोकतन्त्रको युग हो । स्वतन्त्रता, समानता, न्याय, स्वाभिमान र समृद्धिको युग हो ।

नेपालको लोकतन्त्रको आन्दोलन विक्रम संवत् १९९० बाट सुरुवात भयो । त्यहीबाट नेपालको आधुनिकता सुरु भयो । ‘सार्वभौम नागरिकले आफ्नै संविधान आफैँ’ २०७२ सालमा बनाए, यहाँ आएर मात्र हाम्रो समाज राम्ररी आधुनिकतामा प्रवेश गर्‍यो ।

यो संविधानपछि मात्र नेपाली जनताले पहिलोपटक सार्वभौमसत्ता र राजकीयसत्ता दुवै आफ्नै हातमा राखे । जनता पहिलोपटक रैतीबाट नागरिक भए ।

त्यस अघिका सबै संविधान कुनै न कुनै राजा-महाराजले घोषणा गरेका थिए– सार्वभौमसत्ता राजकीय सत्ता साँचो अर्थमा जनतामा आएकै थिएन । भौगोलिक एकीकरणको प्रयासलाई मध्यकालीन इतिहासको एक कडी मान्न सकिन्छ, आधुनिक नेपालको हैन । राजनीतिमा आधुनिकताको अर्थ हो– नागरिक सर्वोच्चता । सार्वभौमसत्ता र राजकीय सत्ता दुवै नागरिकमा हुनु ।

यथार्थलाई बिर्सेर राजावादी तत्त्वले राज्यनिर्माण प्रक्रियाको विज्ञानसम्मत बुझाइलाई बर्गल्याउन खोजिरहेका छन् । त्यसको उद्देश्य हो– नागरिकलाई फेरि रैती बनाउने प्रयास । सार्वभौमसत्ता र राजकीयसत्ता आम जनताबाट खोसेर कुनै वंश वा परिवारको हातमा लैजाने प्रयास ।

सबै देशको मध्यकालीन इतिहासमा केही प्रतापी राजा थिए– भारतमा सम्राट अशोक, मरठा सम्राट छत्रपति शिवाजी महाराज, महाराणा प्रताप, झाँसी महारानी लक्ष्मीबाई जस्ता शासक थिए । इतिहासले तिनलाई सम्मान गर्दछ । तर, आधुनिकताका प्रतिक मान्दैन । आधुनिक राष्ट्रिय राज्यका निर्माता महात्मा गान्धीलाई मानिएको छ । नोटमा उनकै फोटो छापिएको छ ।

यी यथार्थलाई बिर्सेर राजावादी तत्त्वले राज्यनिर्माण प्रक्रियाको विज्ञानसम्मत बुझाइलाई बर्गल्याउन खोजिरहेका छन् । त्यसको उद्देश्य हो– नागरिकलाई फेरि रैती बनाउने प्रयास । सार्वभौमसत्ता र राजकीयसत्ता आम जनताबाट खोसेर कुनै वंश वा परिवारको हातमा लैजाने प्रयास ।

यस्ता कुत्सित प्रयासका लागि प्रयोजित ढंगले निर्माण गरिएका भाष्यको कसैले विश्वास गर्न जरुरी छैन । राज्य निर्माणको राजावादी भाष्य दासता, निरंकुशता, वंशवाद, परिवारवाद, जहानियाँ शासन र मध्यकालको अन्धकार पुनर्स्थापित गर्ने असम्भव र अपवित्र चाहना मात्रै हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved