सकिनै लागेको टुक्रा साबुनको सदुपयोग गर्ने तरिका

नेपालभ्युज

सकिनै लागेको टुक्रा साबुनको सदुपयोग गर्ने तरिका

एजेन्सी । हिजोआज नुहाउन हात धुनका लागि साबुनको प्रयोग कम हुँदै गइरहेको छ । धेरैजसो लिक्विड साबुनको प्रयोग हुन थालेको पाइन्छ ।

सबैलाई लिक्विड साबुन मन नपर्न पनि सक्छ । लिक्विडसँगै घरमा साबुन त तपाईं पनि राख्नुहुन्छ होला । यदि साबुन सकिनै लाग्दाको सानो टुक्रा प्रयोग गर्न तपाईंलाई झन्झटिलो लाग्छ होला । तर यसलाई तपाईं अझ धेरै प्रकारले प्रयोग गर्न सक्नुहुन्छ ।

यहाँ जानौं साबुनको सानो टुक्रालाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने बारे :

अट्किने दराजलाई ठिक गर्न

कहिलेकाँही काठका दराज बिग्रिँदै जाँदा वा पुरानो हुँदा पल्ला राम्रोसँग नलाग्ने वा लगाउँदा अट्कीने समस्या हुन्छ । त्यस्तो अवस्थामा यदि तपाईंले दराजको पल्लाको किनारामा साबुन चारैतिर दल्नुभयो भने खोल्न र बन्द गर्न सजिलो हुन्छ ।

दराज भित्र फ्रेशनरको काम

तपाईंसँग एकदमै वासनादार साबुन छ भने त्यसको प्रयोगले दराजभित्र सुगन्ध ल्याउने काम गर्छ । साबुनको सानो टुक्रालाई पातलो कपडामा बाँधेर दराजभित्र कुनै छेउमा राख्नुहोस् यसले दराजमा रहेका कपडामा वासना छर्ने काम गर्छ ।

भित्ताको गल्ती लुकाउन

कहिलेकाँही घरमा किल्ला ठोकेको होस् वा अन्य केही गर्दा भित्तामा सानो सानो सिमेन्टको टुक्रा निस्किएको हुन्छ । जसले गर्दा भित्ता नराम्रो देखिन्छ । यस्तोमा साबुनको टुक्राले त्यस्ता प्वालहरुलाई भर्नुहोस् ।

ऐना सफा गर्न

तातो पानीले नुहाउँदा प्रायजसो बाथरुमको ऐनामा बाफ भरिएर फोहोर हुने गर्दछ । त्यस्तो अवस्थामा पनि साबुनले सफा गर्न एकदमै राम्रो काम गर्छ । जब ऐनामा लागेको बाफ सुक्छ, त्यसपछि सिसालाई साबुले घोट्नुहोस् र त्यसलाई कुनै सुकेको कपडाले पुछ्नुहोस् । यसरी चस्माहरु पनि सफा गर्न सकिन्छ ।

चेन खुकुलो बनाउन

झोला, ज्याकेट वा कुनै पनि चीजमा भएको चेन लगाउँदा अप्ठेरो हुन्छ र अट्किन्छ भने चिन्ता लिनु पर्दैन । साबुन हल्कासँग चेनमा रगड्नुहोस् यसले चेनलाई चिप्लो बनाउँछ अनि सजिलै बन्द र खुल्ने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved