चमत्कारी चिया

नेपालभ्युज

चमत्कारी चिया

एजेन्सी । चिया मन नपराउने मान्छे कम नै हुन्छन् । हामीबीच कतिपय यस्ता व्यक्ति हुन्छन् जसले सबै मौसममा कुनै पनि बेला चिया पिउनका लागि तयार हुन्छन् ।

धेरै चिया पिउनुका बेफाइदा त छन् नै तर एउटा यस्तो चिया छ जसले तपाईंलाई फाइदा नै फाइदा दिनेछ । गर्मी मौसममा प्रायः विभिन्न ब्याक्टेरियाको संक्रमणले हामी विरामी भइरहेका हुन्छौं । टाउको दुख्ने, अपच, थकान, माइगे्रन, महिनाबारीमा पेट दुख्ने, पाचनक्रियामा गडबडी जस्ता समस्या देखिन थाल्छन् ।

यस्ता समस्या क्याफिनको अत्यधिक सेवनले पनि हुने गर्दछ । त्यसैले यो एउटा आर्युवेदिक चियाले तपाईंलाई यि सबै समस्याबाट छुट्कारा दिन्छ ।

अब लागौं उक्त आयुर्वेदिक चिया बनाउन तर्फ :

सामग्री

  • एक गिलास पानी
  • एक ठूलो चम्चा धनियाँ
  • एक मुठी सुकेको गुलाबको पात
  • पुदिनाको पात
  • ७–१० वटा करी पात
  • पिसेको एउटा सुकमेल

विधि

  • सबभन्दा पहिला एउटा भाँडोमा पानी उमाल्नुहोस् ।
  • त्यसपछि सबै सामग्री राखेर उम्लन दिनुहोस् । त्यसपछि सानो आगोमा ५ मिनेट जति पकाउनुहोस् ।
  • उक्त चियालाई छानेर मनतातो बनाएर पिउनुहोस् ।

आयुर्वेदिक चियाका फाइदा

  • धनियाँले मेटाबोलिज्ममा सुधार, टाउको दुख्ने कम गर्छ, हर्मोन सन्तुलित बनाउँछ, सुगर तथा थाइराइडको लागि पनि राम्रो हुन्छ । यसले पाचनमा पनि सुधार ल्याउँछ र शरीरबाट खराब तत्व बाहिर निकाल्छ ।
  • गुलाबको पातले प्रजनन क्षमतामा सुधार ल्याउँछ । यसको प्रकृति चिसो हुने भएकाले मुटु, दिमाग, निद्राका साथै छालाका लागि पनि यो राम्रो हुन्छ ।
  • करी पातले कपाल झर्न रोक्छ, सुगरको मात्रा सन्तुलित बनाउँछ र हेमोग्लोबिनमा सुधार ल्याउन मद्दत गर्छ । यसमा एन्टीअक्सीडेन्ट, एन्टीफंगल लगायत धेरै प्रकारका तत्व पाइन्छ जसले औषधीय रुपमा हाम्रो शरीरमा काम गर्छ ।
  • पुदिना सबै मौसममा पाइने एक प्रकारको जडिबुटी हो । चिसोले घाँटी दुखेको वा गर्मीमा सितलता प्रदान गर्न पुदिनाको प्रयोग गरिन्छ । यो तातो वा चिसो पेय पदार्थ जेमा पनि मिसाएर पिउन सकिन्छ ।
  • सुकमेलको वासना जो कसैलाई पनि मन पर्छ । साथै यसमा एन्टीअक्सीडेन्ट गुण पाइन्छ । यसले छालाको समस्या, रक्तचाप, अपच, अस्थमा जस्ता धेरै समस्याबाट बचाउँछ । गर्मीको मौसममा यसले सितलता दिने काम गर्छ ।

गर्मीमा क्याफिनबाट देखिने समस्याबाट बच्नका लागि सकेसम्म बिहानको चिया यही आयुर्वेदिक तरिकाले बनाएर पिउने गर्नुहोस् । जसले गर्दा तपाईंको दिनको सुरुआत राम्रो हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved