एजेन्सी । कतिपय मानिस जाडो होस् वा गर्मी सधैं तातो पानीले नुहाउने गर्दछन् । सामान्य कुरा नुहाउँदा मुख पनि अवश्य धोइन्छ ।
तर दिनहुँ तातोपानीले मुख धुने गर्दा छालामा समस्या देखिन थाल्छ । तातो पानीले मुख धुँदा हुने बेफाइदा बारे जानौं ।
तातो पानीले तपाईंको छालाको तैलीय पदार्थ निकालिदिन्छ । जसले गर्दा छाला रुखो हुन्छ । यसले एक्जिमा तथा सोरायसिस जस्तो समस्यालाई बढाउन सक्छ ।
तातो पानीले अनुहार धुँदा संक्रमण पनि हुन सक्छ । छाला पोल्ने खालको समस्या हुन सक्छ । तातो पानीले मुख धुँदा छाला रातो हुने, चिलाउने तथा पत्रहरु निस्कने जस्तो समस्या हुन्छ । संवेदनशील छालामा यसको असर धेरै देखिन्छ ।
अनुहारलाई तातो पानीले धुँदा छालामा रगतको संचालन बढेर डन्डीफोर तथा सुन्निने जस्ता समस्या पनि बढ्न सक्छ ।
धेरैबेर तातो पानीको सम्पर्कमा रहँदा तपाईंको छालामा रगत संचालन फैलिन्छ जसले गर्दा छाला फुट्ने, कोषिका मर्ने तथा दागहरु बन्न थाल्छ ।
तातो पानीले लगातार अनुहार धुँदा समय भन्दा पहिले नै चाउरीपना आउन सक्छ । जसले गर्दा तपाईं उमेरमै बुढो देखिन थाल्नुहुनेछ ।