लिग–२ : नेपालले पायो जितको लागि ३११ रनको लक्ष्य, आसिफको शतक

नेपालभ्युज

लिग–२ : नेपालले पायो जितको लागि ३११ रनको लक्ष्य, आसिफको शतक

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपालले जितको लागि ३११ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा यूएईले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा बनाएको हो।

यूएईको लागि अविजित रहेका आसिफ खानले ४२ बलमा १०१ रनको योगदान गरे। उनले ४१ बलमा ४ चौका र ११ छक्का प्रहार गर्दै शतक पुरा गरे। वृत्य अरविन्दले ९४ रनको र कप्तान मुहम्मद वसीमले ६३ रन बनाए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

नेपाली क्रिकेट टोलीलाई समर्थन गर्न त्रिवि मैदान पुगेका दर्शकको यस्तो देखियो भीड (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved