महिला कर्मचारीलाई दुर्व्यवहार गर्ने कृषि विश्वविद्यालयका डीन दत्तलाई कारबाही हुने

महिला कर्मचारीलाई जबरजस्ती काखमा राखेर दुर्व्यवहार गर्ने चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तमाथि कारबाही हुने भएको छ। आज बिहीबार  बस्ने विश्वविद्यालयको बैठकले कारबाहीको निर्णय गर्ने उपकुलपति पुण्यप्रसाद रेग्मीले बताए।

नेपालभ्युज

महिला कर्मचारीलाई दुर्व्यवहार गर्ने कृषि विश्वविद्यालयका डीन दत्तलाई कारबाही हुने

काठमाडौं। महिला कर्मचारीलाई जबरजस्ती काखमा राखेर दुर्व्यवहार गर्ने चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तमाथि कारबाही हुने भएको छ।

आज बिहीबार  बस्ने विश्वविद्यालयको बैठकले कारबाहीको निर्णय गर्ने उपकुलपति पुण्यप्रसाद रेग्मीले बताए।

उनले भने ‘‘विश्वविद्यालयकै कृषि संकाय हेर्ने डीन उच्च निकाय हो। सोही पदको व्यक्तिले महिला कर्मचारीलाई दुर्व्यवहार गर्नु सामान्य घटना होइन। यसलाई गम्भीर रूपमा लिएका छौँ। कारबाही गर्नेछौँ।’’

कृषि विश्वविद्यालयका डीनद्धारा महिला कर्मचारीलाई काखमा राख्दै अश्लील हर्कत (भिडिओसहित)

मंगलबार जुम बैठक चलिरहँदा डीन दत्तले महिला कर्मचारीसँग तानेर काखमा राखेको भिडिओ सार्वजनिक भएको छ। भिडिओमा सार्वजनिक दुईवटा भिडियोमध्ये एउटामा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ।

अर्को भिडियोमा उनको संवेदनशील अङ्गमा चुम्बन गरेको देखिन्छ। त्यसबारे समाचार प्रकाशन भएपछि विश्वविद्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved