खेल सुरु हुन साढे २ घण्टा अघि नै त्रिवी क्रिकेट मैदानमा भिड

खेल विहान साढे ९ बजेदेखि त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । तर विहान  ७ बजेदेखि नै दर्शकको भिड सुरु भएको छ । मैदान प्रवेशको लागि सयौँ समर्थक ठेलम्ठेल गरिरहेका छन् ।

नेपालभ्युज

खेल सुरु हुन साढे २ घण्टा अघि नै त्रिवी क्रिकेट मैदानमा भिड

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको अन्तिम खेलमा नेपालले विहीबार संयुक्त अरब इमिरेट्ससँग खेल्दैछ ।

खेल विहान साढे ९ बजेदेखि त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । तर विहान  ७ बजेदेखि नै दर्शकको भिड सुरु भएको छ । मैदान प्रवेशको लागि सयौँ समर्थक ठेलम्ठेल गरिरहेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार नै सबै टिकटको बिक्री भइसकेकाले अनावश्यक भिडभाड नगर्न आग्र गरिसकेको छ । आजको खेल जितेमा नेपालले सिधै एक दिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved