एनआईसी एसिया बैंकद्वारा घातक रोग बिमावापत १० लाख रुपैयाँ हस्तान्तरण

नेपालभ्युज

एनआईसी एसिया बैंकद्वारा घातक रोग बिमावापत १० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं। एनआईसी एशिया बैंकले घातक रोग बिमावापत रू. १० लाख बिमा रकम भुक्तानी गरेको छ । बैंकको जावलाखेल शाखामा ‘सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत’ सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी अन्नु श्रेष्ठलार्ई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बिमा रकम बराबरको चेक हस्तान्तरण गरे ।

बैंकले सो बिमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका २०८० जना भन्दा बढी ग्राहकहरूले घातक रोग बिमावापत रू. ३ करोड, दुर्घटना बिमा वापत रू. १ करोड ३० लाख र मेडिकल बिमावापत रू. ३ करोड ६७ लाख गरी कुल रू. ७ करोड ९८ लाखभन्दा बढी बिमा रकम प्राप्त गरिसकेका छन् ।

बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि रू. ८४ लाखसम्मको बिमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ । यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म रू. ८४ लाखसम्मका ३ बिमा (१८ वटा घातक रोगहरूको बिमा, दुर्घटना बिमा र मेडिकल बिमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् ।

साथै, यस बचत योजनाअनुसार ग्राहकले प्राप्त गर्नुहुने बिमा, कर्जासम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई–कमर्स सेवा, चेक क्लियरिङ, आरटीजीएस, आईपीएस/सी आईपीएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटीएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्णरूपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved