सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो  

नेपालभ्युज

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो  

काठमाडौं। सुनको मूल्य मंगलबार तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार लगानीकर्ताले बैंकको निक्षेप झिकेर सुनमा लगानी गर्न थालेका छन् ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ७ सय रुपैयाँ तोकिएको छ, यस्तै तेजावी सुनको मूल्य एक लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर तोलाको १३ सय रुपैयाँ कायम भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved