लिग–२ क्रिकेट : रोहितले पुरा गरे अर्धशतक

नेपालभ्युज

लिग–२ क्रिकेट : रोहितले पुरा गरे अर्धशतक

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा यूएईविरुद्धको खेलमा रोहित कुमार पौडेलले अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कप्तान रोहितले नेपालको लागि अर्धशतक पूरा गरेका हुन्। यो उनको ८औँ अर्धशतक हो।

रोहितले २९.५ ओभरमा अर्धशतक पूरा गरे। उनले ८३ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए । नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।

खेलमा नेपाल दबाबमा छ । सुरुवातमै चार विकेट गुमाएपछि रोहितले आरिफ शेखसँग मिलेर इनिङ्स सम्हालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved