पशुपति सफा गर्न सकेनौं भने देश कहिले सफा गर्छाैं ? : मन्त्री किराती

नेपालभ्युज

पशुपति सफा गर्न सकेनौं भने देश कहिले सफा गर्छाैं ? : मन्त्री किराती
फाइल तस्वीर

काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन्।

शनिबारबाट सुरु भएको तीन महिने पशुपति सरसफाइ अभियानको उद्घाटन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन्। उनले नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्नेमा जाेड दिए।

मन्त्री किरातीले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश कहिले सफा गर्छौं ? भन्दै प्रश्नसमेत गरे।

उनले भने, ‘हाम्रोमा ठूलो मान्छेले सानो काम गर्नु हुँदैन भन्ने कल्चर छ, यसलाई भत्काउनुपर्छ। सफा रहनु भनेको सभ्यता प्रदर्शन गर्नु हो, संस्कृति निर्माण गर्नु भनेको जीवन प्रदान गर्नु हो। आस्थाको केन्द्र पशुपतिनाथ नै फोहोर राख्छौँ भने यो देश कहिले सफा गर्छौं ? त्यसैले प्रतिकात्मक रूपमा पशुपतिलाई हामीले सफा गरे यो देश सफा गर्न सक्छौँ। भौतिक मात्रै होइन, आध्यात्मिक कुरा पनि फोहोर छ, मूल्य, मान्यता हराउँदै गइरहेको छ। यहाँको समाजसँग जोडिएको विकृतिलाई सफा गर्नुपर्छ।’

सो अवसरमा मन्त्री किरातीले आफैँ कुचो लगाएर र आसपासका क्षेत्रहरुको फोहोर टिपेर पशुपति सरसफाइमा सरिक भएका थिए।

अबको तीन महिनासम्म हरेक शनिबार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाइ अभियान सञ्चालन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved