अन्धविश्वासको पराकाष्ठा

उपचारका नाममा १४ वर्षीया बालिकाको कुटी-कुटी हत्या : कथित माताले घण्टौं पिटिरहँदा बाबु आमा बने रमिते

प्रहरीलाई जानकारी नदिई राति नै जलाइयो शव

लछार-पछार र कुटपिटले बालिका भुइँमा ढल्दा पनि उसले छोड्दिन । फेरि उठाउँछे, कुट्छे, मुखमा जबर्जस्ती पानी हाल्छे । बालिका पीडाले रोइरहेकी छन् । कोही भिडिओ खिच्न व्यस्त छन्. कोही गफमा मस्त देखिन्छन् । त्यस्तो देख्दा बाबु-आमाको पनि मन पग्लिँदैन ।

नेपालभ्युज

उपचारका नाममा १४ वर्षीया बालिकाको कुटी-कुटी हत्या : कथित माताले घण्टौं पिटिरहँदा बाबु आमा बने रमिते

काठमाडौं। अन्धविश्वासले कस्तोसम्म गर्न सक्छ भन्ने उदाहरण रुपन्देहीको एउटा घटनाले देखाएको छ । कथित  माताले उपचारका नाममा १४ वर्षीया छोरीलाई कुटी-कुटी मार्दा जन्म दिने बाबु आमा भने रमिते मात्रै भएका छन् ।

घटना हो रुपन्देही सैनामैनाको । फागुन २० गते राति कथित माताले उपचार गर्न भन्दै साढे ४ घण्टासम्म लगातार कुट्दा १४ वर्षीया बालिका सीता ज्ञवालीको मृत्यु भएको छ ।

कुटाइले बालिका थिलोथिलो हुँदा पनि बाबु आमासहित कसैको मन पग्लिएन । जन्मदिने बाबु आमाले छोरीले गुहार मागिरहेको रमिता हेरिरहे । कोही भिडिओ खिच्न मस्त देखिन्छन् ।

समाजिक सञ्जालमा आएको भिडिओ जो कसैलाई पनि विचलित बनाउने खालको छ । एउटी निरीह बिरामी बालिकामाथि स्वघोषित माता राक्षसजस्तै जाइलागेकी छ । उसले कहिले घाँटी च्याप्छे कहिले पानी खन्याउँछे कहिले घाटी बटार्छे ।

उपचार गर्ने बहानामा झाँक्रीले अगुल्टोले पोल्दा र्‍यापर हप्याक घाइते (भिडिओसहित)

लछार-पछार र कुटपिटले बालिका भुइँमा ढल्दा पनि उसले छोड्दिन । फेरि उठाउँछे, कुट्छे, मुखमा जबर्जस्ती पानी हाल्छे । बालिका पीडाले रोइरहेकी छन् । कोही भिडिओ खिच्न व्यस्त छन् भने कोही गफमा मस्त देखिन्छन् । त्यस्तो देख्दा बाबु-आमाको पनि मन पग्लिँदैन ।

बालिका केही दिनदेखि बिरामी थिइन । परिवारले सुरुमा उनलाई स्थानीय मेडिकलमा लगे । त्यसले निको नभएको भन्दै उपचारका लागि भन्दै कथित माता २२ वर्षीया सोनिया रेश्मीकोमा लगियो । सैनामैना १० मा उनीहरूको घर नजिकै थियो । बाबु ताराप्रसाद ज्ञवाली, आमा लिला र मामाले बालिकालाई रेश्मीकोमा आफैँ लिएर गएका थिए ।

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार रेश्मीले धामी उतार्ने भन्दै शनिबार राति ८ बजेदेखि साढे १२ बजेसम्म लगातार साढे ४ घण्टा कुटपिट गरेकी थिई । साढे १२ बजे बालिकाको मृत्यु नहुँदासम्म उसले कुटीरही ।

बालिकाका बाबु, आमा, मामासहित कथित माताका आफन्त मीन रेश्मी, चन्द्रकला रेश्मीलगायत त्यतिबेला घटनास्थलमा रहेको प्रनी थापाले बताए । बालिकाको मृत्यु भएपछि पनि प्रहरीलाई खबर गरिएन । राति नै गाउँले मिलेर घाटमा लगेर जलाएको पाइएको छ ।

महिलामाथि अत्याचार, पैताला चटाए  (भिडिओसहित)

प्रहरीले हत्यामा प्रत्यक्ष संलग्न कथित माता सोनिया रेश्मीलाई पक्राउ गरेको छ । एकसाता हुन लाग्दा समेत अन्यलाई भने पक्राउ गरिएको छैन । घटनास्थलमा रहेका र शव जलाउन गएका १८ जनालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको प्रहरी निरीक्षक थापाले जनाए ।

गाउँलेले राति नै शव जलाएर गुपचुप राखेकाले घटना बाहिर आउन समय लागेको हो । समाजिक सञ्जालमा भिडिओ आएपछि बाबु आमासहित हत्यामा संलग्न सबैलाई कडा कारबाही गर्नुपर्ने आवाज उठेको छ ।

प्रहरीले यसबारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिएको छ । प्रहरी निरीक्षक थापाले आफू हिजो मात्रै सरुवा भएर सालझण्डी पुगेको र यो घटनालाई गम्भीरतापूर्क लिई अनुसन्धान अघि बढाएको बताए ।

भिडिओ स्रोत : सामाजिक संजाल । कतिपय दृष्यले विचलित बनाउने सक्नेछन् । 


Comment

One thought on “उपचारका नाममा १४ वर्षीया बालिकाको कुटी-कुटी हत्या : कथित माताले घण्टौं पिटिरहँदा बाबु आमा बने रमिते

  1. Durbhagya! Babu amaale chhori mare. kati pida bhayo tyo naanilaai! Ti parents Ra tyo dhaamilaai janmakaid hunuparchha. Arko kunai nirparadhle yo dasha bhognu napars

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved