काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा पीएनजीविरुद्धको जितमा नेपालको ब्याटिङले साथ दिएको कप्तान रोहित पौडेलले बताएका छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलपछि पत्रकार अन्तरक्रियामा रोहितले भने, ‘हामीले २८० भन्दाबढिको लक्ष्य दिने सोचेका थियौँ । एकमुष्टमा ब्याटिङ राम्रो भयो। ओपनिङले पकड लियौँ । आसिफले शतक प्रहार गरेकोले नै २९८ रनको कीर्तिमानी लक्ष्य दिन सफल भयौँ ।’
रोहितले मिडल अर्डरमा प्रदर्शन राम्रो भएपनि आफुबाट गल्ती भएको स्विकारे । ‘मिडल अर्डर राम्रो भए पनि ३५ ओभर पछि सङघर्ष गर्नु परेको थियो । आसिफ आउट हुँदा, म टिक्ने रणनीति थियो । तर, मेरोतर्फबाट गल्ती हुन पुग्यो ।’ रोहितले भने ।
बलिङलाई हल्का नलिएको पनि उनले बतए । ‘ब्याटिङ गर्न सजिलो हुन्छ भन्ने थाहा थियो। हामी चनाखो नै थियौँ। पीएनजीले राम्रो ब्याटिङ नै गरेको थियो।’ रोहितले भने ।
Facebook Comment
Comment