लिग–२ क्रिकेट

नेपालले पीएनजीलाई हरायो, विश्वकप छनोटको सम्भावना कायमै

अब एक खेल जिते एकदिवसीय मान्यता जोगिने

यो जितसँगै नेपाल एकदिवसीय मान्यता बचाउने यात्रामा निकट पुगेको छ । विश्वकप क्वालिफायरमा छनोट हुने सम्भावना पनि कायमै छ । नेपालले लिग २ का बाँकी तीनमध्ये १ खेल जिते एकदिवसीय मान्यता जोगिनेछ ।

नेपालभ्युज

नेपालले पीएनजीलाई हरायो, विश्वकप छनोटको सम्भावना कायमै

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्यू गिनी पीएनजीलाई ५२ रनले पराजित गरेको छ । यो जितसँगै नेपाल एकदिवसीय मान्यता बचाउने यात्रामा निकट पुगेको छ ।

विश्वकप क्वालिफायरमा छनोट हुने सम्भावना पनि कायमै छ । नेपालले लिग २ का बाँकी तीनमध्ये १ खेल जिते एकदिवसीय मान्यता जोगिनेछ । विश्वकप क्वालिफायरमा छनोट हुन भने तीन वटै खेल जित्नुपर्नेछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार २९८ रनको लक्ष्य पछ्याएको पीएनजीलाई २४५ रनमा अलआउट गर्दै महत्वपुर्ण २ अंक बटुलेको हो । यो सँगै नेपालले लिग २ का पछिल्ला ९ मध्ये ८ खेल जितेको छ ।

पीएनजीका लागि नोर्मन भानुवाले सर्वाधिक ६० तथा टोनी उराले ५० र कप्तान असद भालाले ४२ रन जोडे । सन्दीप लामिछानेले ४, दीपेन्द्र सिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपाल पाँच बल अगाडी नै २९७ रन बनाएर अलआउट भएको थियो । यो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको अहिलेसम्मकै उच्च स्कोर हो ।

नेपालका लागि आशिफ शेखले शतकीय इनिङ्स खेले । उनी ११० रन बनाएर आउट भए । ११० बल नै खेलेका आशिफले १२ चौका र २ छक्का प्रहार गरेका थिए ।

एकदिवसीय क्रिकेटमा आशिफको पहिलो शतक हो । आसिफ नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पाँचौं खेलाडी हुन् ।

नेपाल ३४ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । अब एक खेल जिते नेपालले ३५ अंक भएको अमेरिकालाई उछिन्नेछ । ३१ अंकसहित यूएई छैँटौँ स्थानमा छ । नेपालले आइतबार यूएइसँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved