राष्ट्रपति निर्वाचन

मतदानपछि रामचन्द्र पौडेलले भने- ‘मैले जितिसकेँ’

नेपालभ्युज

मतदानपछि रामचन्द्र पौडेलले भने- ‘मैले जितिसकेँ’

काठमाडौं। कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा आफूले जित्ने दाबी गरेका छन् । तेश्रो राष्ट्रपतिका लागि बिहीबार  निर्वाचनमा मतदान गरिसकेपछि पत्रकारहरूसँग कुराकानी गर्दै आफूले जित्नेमा ढुक्क रहेको बताएका हुन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “मैले जितिसकेँ । मेरो विश्वास छ, यदि विश्वासजस्तै जितेँ भने गणतन्त्रमा कस्तो राष्ट्रपति हुनुपर्छ भन्ने देखाउँछु ।”

उम्मेदवार पौडेलले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगरेर आफ्नै सहयोग गरेको बताए ।

यसैगरी, नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले आजको राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङले जित्नेमा भन्ने पूर्ण विश्वास रहेको बताएका छन् ।

उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने  “उहाँ एकजना परिपक्व राजनीतिज्ञ हो । लोकतान्त्रिक व्यवस्थाका लागि लडेको व्यक्ति हो । उहाँले जित्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।”

निर्वाचन आयोगका अनुसार दिउँसो ४ बजेदेखि मतगणना सुरु हुने र बेलुकी ७ बजे मुलुकले नयाँ राष्ट्रपति पाउने निश्चित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved