लिग–२ क्रिकेट

पीएनजीलाई नेपालले दियो २९८ रनको लक्ष्य, आशिफको शतक

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल पाँच बल अगाडि नै २९७ रन बनाएर अलआउट भएको हो । एकदिवसीय अन्तर्राष्ट्रियमा यो नेपालको अहिलेसम्मकै उच्च स्कोर हो ।

नेपालभ्युज

पीएनजीलाई नेपालले दियो २९८ रनको लक्ष्य, आशिफको शतक

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्युगिनी पीएनजीलाई २९८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल पाँच बल अगाडी नै २९७ रन बनाएर अलआउट भएको हो । एकदिवसीय अन्तर्राष्ट्रियमा यो नेपालको अहिलेसम्मकै उच्च स्कोर हो ।

नेपालका लागि आशिफ शेखले शतकीय इनिङ्स खेले । उनी ११० रन बनाएर आउट भए । ११० बल नै खेलेका आशिफले १२ चौका र २ छक्का प्रहार गरेका थिए । एकदिवसीय क्रिकेटमा आशिफको पहिलो शतक हो ।

आसिफ नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पाँचौं खेलाडी हुन् । यसअघि, नेपालबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए ।

आशिफले एकदिवसीयमा १ हजार रन पनि पूरा गरेका छन् । आजको खेलमा ओपनर आशिफ र कुशल भुर्तेलले ११० रनको साझेदारी गरेका थिए । कुशलले ४५ रन बनाए ।

यस्तै, भीम सार्कीले ४४,  रोहित पौडेलले ३० र आरिफ शेखले १५ रनको योगदान गरे । ज्ञानेन्द्र मल्ल ११, करन केसी ८, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले ७-७ रन बनाए ।

पीएनजीका सेमो कामियाले पाँच  तथा रिले हेकुरेले ३ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved