रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी

पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए ।

रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी
फाइल तस्वीर

काठमाडौं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल भारी मतका साथ विजयी भएका छन् । उनले प्रतिस्पर्धी एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका हुन्।

बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालय स्रोतले जनाएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा भएको मतदान र त्यसपछि शंकर हलमा भएको गणनाबाट पौडेल विजयी भएका हुन्।

निर्वाचन आयोगका अनुसार राष्ट्रपति पदका लागि भएको निर्वाचनमा ८३१ जनाले मतदान गरेका थिए। राष्ट्रपतिमा निर्वाचित पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँका सांसद हुन्। उनी निर्वाचित भएसँगै उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुनेछ।

पौडेललाई कांग्रेससहित नौ दलको समर्थन थियो। प्रधानमन्त्री बन्ने दौडमा रहँदा १७ पटक हारेको भन्ने ‘ट्याग’ लागेका पौडेल मुलुकको ‘सेरोमोनियल’ भएपनि सर्वोच्च पदमा पुगेका छन्। उनले निर्वाचित भएको प्रमाणपत्र आजै पाउने छन्।

साइत जुराएर उनको शपथग्रहण भने पछि हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved