एकदिवसीय क्रिकेटमा आशिफ शेखको पहिलो शतक

नेपालभ्युज

एकदिवसीय क्रिकेटमा आशिफ शेखको पहिलो शतक

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्युगिनी पीएनजीविरुद्धको खेलमा आशिफ शेखले शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आसिफले १०१ बलमा १० चौका र २ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

यो आशिफको पहिलो एकदिवसीय शतक हो । नेपालको लागि एकदिवसीयमा शतक हान्ने आशिफ पाँचौं खेलाडी बनेका छन् ।

यसअघि पारस खड्का, दीपेन्द्र सिंह ऐरी, कुशल भूर्तेल र रोहित कुमार पौडेलले एकदिवसीयमा शतक पुरा गरेका थिए । आशिफले १ हजार रन पनि पुरा गरेका छन् । १ हजार भन्दा धेरै रन बनाउने उनी दोस्रो नेपाली खेलाडी हुन् ।

यसअघि रोहित पौडेलले यो आंकडा पार गरेका थिए । पहिलो विकेटको लागि आशिफ र कुशल भूर्तेलले ११० रनको साझेदारी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved