राष्ट्रिय स्वतन्त्र पार्टीको मत पौडेललाई कि नेम्वाङलाई ?

नेपालभ्युज

काठमाडौं। राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज बस्दैछ ।

पार्टीको संसदीय दलको र पदाधिकारीको संयुक्त बैठक विहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकले रामचन्द्र पौडेललाई मतदान गर्ने कि सुवासचन्द्र नेम्वाङमध्ये कसलाई मत दिने भनेर निर्णय गर्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग १९ जना संघीय सांसद छन् । २० सांसदमध्ये रवि लामिछानेको पद नागरिकता मुद्दामा गुमेको थियो ।

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved