काठमाडौं। व्यवसायी दुर्गा प्रसाईंका सहयोगी एवं बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने अभियानका संयोजक भन्ने आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन्।
बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलाई धम्की दिएको आरोपमा प्रहरीले चितवन घर भएका शम्भु थापालाई पक्राउ गरेको छ । उनलाई दुर्गा प्रसाईं समूहको कालोमोसो अभियानका संयोजक भनेर आरोप लगाइने गरेको छ।
थापाले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएका थिए । उनले फेसबुक, टिकटकमा समेत यो अभियान चलाएको देखिन्छ।
थापालाई चितवनको भरतपुरस्थित मालपोत चोकबाट पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘टिकटक’ लगायत सामाजिक सञ्जालमा थापाले भिडियो पोष्ट गरेर धम्की दिएपछि बैंक तथा वित्तीय संस्थाहरूले त्यसबारे आपत्ति जनाएका थिए । यसबारेमा दुर्गा प्रसाईं समूहले भने केही बोलेको छैन।
Facebook Comment
Comment