नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दैँ, कुशलको स्थानमा प्रतिश

नेपालभ्युज

नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दैँ, कुशलको स्थानमा प्रतिश

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

यूएईस्थित दुबईं अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर कप्तान रोहित कुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

घाइते कुशल भुर्तेलको स्थानमा प्रतिश जि.सी टिममा परेका छन् । कुशलले ग्रोइन इन्जुरीका कारण यूएईविरुद्धको खेल गुमाएका हुन् ।

पपुवा न्यूगिनी पीएनजीविरुद्धको खेलमा एकदिवसीयमा डेब्यू गरेका प्रतिशले १ विकेट लिन सफल भएका थिए ।

लिग–२ को एकदिवसीय श्रृङ्ख्लामा नेपाल पहिलो पटक यूएईविरुद्ध जित निकाल्ने योजनामा छ।

३१ अंकसहित यूएई पाँचौँ स्थानमा छ भने नेपाल ३० अंकसहित छैंटौँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved