विश्वकप लिग टू : नेपालले यूएईसँग खेल्दै

यसै शृङ्खला अन्तर्गत यूएईसँग भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो । युएई भने बाँकी दुई वटै खेलमा पपुवा न्यूगिनिसँग पराजित भएको छ ।

नेपालभ्युज

विश्वकप लिग टू : नेपालले यूएईसँग खेल्दै
फाइल तश्वीर

काठमाडौं। आईसीसी विश्वकप लिग टू अन्तर्गतको शृङ्खलामा नेपालले आज संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्दैछ  ।

खेल विहान पौने १२ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । घाइते भएका कारण आजको खेलमा  कुशल भुर्तेलले खेल्न पाउने छैनन् । कुशलको ठाउँमा सन्दीप जोराले खेल्ने पक्का भएको छ । यसै शृङ्खला अन्तर्गत यूएईसँग भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो । युएई भने बाँकी दुई वटै खेलमा पपुवा न्यूगिनिसँग पराजित भएको छ ।

नेपालले लिग–२ मा ५ खेल खेल्न बाँकी नै छ । बाँकी सबै खेल जितेमा नेपालले सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ३ खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ ।

अङ्क तालिकामा नेपाल ३१ खेलमा ३० अङ्ककका साथ छैटौँ स्थानमा छ । पीएनजी ३२ खेलमा ९ अङ्कसहित तालिकाको पुछारमा छ । ३१ खेल खेलेको यूएई ३१ अङ्कका साथ पाँचौँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved