लिग–२ : नेपाल पीएनजीविरुद्ध बलिङ गर्दैँ

नेपालभ्युज

लिग–२ : नेपाल पीएनजीविरुद्ध बलिङ गर्दैँ

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्यूगिनी पीएनजीविरुद्ध बलिङ गर्ने भएको छ। यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने खेलमा पीएनजीले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

जारी सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको थियो। एकदिवसीय मान्यता जोगाउन नेपालले आजको खेलमा जित निकाल्नैपर्ने हुन्छ।

आजको खेलमा जित निकाल्न सकेमा नेपालले लिग–२ मा ४ खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउन सक्ने छ। लिग–२ मा नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौँ स्थानमा छ। पीएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित अङ्क तालिकाको पुछारमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved