आँबुखैरहनी–दमौली सडकखण्ड राति १२ देखि बिहान चार बजेसम्म बन्द हुने

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरहनी–दमौली सडकखण्ड मर्मतका लागि ४ घण्टा बन्द गर्न लागिएको हो । 

नेपालभ्युज

आँबुखैरहनी–दमौली सडकखण्ड राति १२ देखि बिहान चार बजेसम्म बन्द हुने
फाइल तश्वीर

काठमाडौं। तनहुँको आँबुखैरहनी–दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुँदैछ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरहनी–दमौली सडकखण्ड मर्मतका लागि दैनिक ४ घण्टा बन्द गर्न लागिएको हो ।

बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने छ। त्यसका लागि राति १२ बजेदेखि बिहान चार बजेसम्म १० दिन राजमार्ग बन्द हुने मुग्लिन–पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँले जानकारी दिएको छ।

आयोजनाले सो समयभन्दा अगाडि वा पछाडि मात्रै यात्रा गर्न अनुरोधसमेत गरेको छ।

तनहुँको आँबुखैरहनीदेखि कास्कीको पोखरा जाने पृथ्वी राजमार्ग विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको भन्दै कामको गति बढाउन दबाव परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved