आठ दलीय सांसदहरूको राष्ट्रपति निर्वाचन लक्षित अभिमुखीकरण कार्यक्रम आज

राष्ट्रपति निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत आठ दलीय गठबन्धन दलका संघीय सांसदहरूका लागि आज अभिमुखीकरण कार्यक्रम हुनेभएको छ।

नेपालभ्युज

आठ दलीय सांसदहरूको राष्ट्रपति निर्वाचन लक्षित अभिमुखीकरण कार्यक्रम आज

काठमाडौं। राष्ट्रपति निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत आठ दलीय गठबन्धन दलका संघीय सांसदहरूका लागि आज अभिमुखीकरण कार्यक्रम हुनेभएको छ।

गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका सांसदहरूका लागि राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आज अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो।

राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेल साझा उम्मेदवार छन्। उनको पक्षमा मतदान गर्न आह्वान गर्दै प्रशिक्षण स्वरूप कार्यक्रम गर्न लागिएको हो।

दिउँसो १ बजे हुने कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरूलाई उपस्थितिका लागि बोलाइएको छ। कार्यक्रममा आठ दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

नयाँ बानेश्वर तीनकुने स्थित रोयल ब्यांक्वेटमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदैछन् ।
राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेल साझा उम्मेदवार छन्।

नेकपा एमालेले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved