जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले धनुषा जिल्ला समिति विघटन गरेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न जिल्ला समितिको विस्तारित बैठकले एक साता भित्र नयाँ कार्यसमिति गठन गर्ने गरि जिल्ला समिती विघटन गरेको हो ।
नयाँ कार्यसमिति गठनलाई सहजीकरण गर्न केन्द्रिय सदस्य एवं संघीय सांसद दिपक कार्कीको नेतृत्वमा ११ सदस्यीय कार्यदल समेत गठन गरिएको छ ।
सो कार्यदलमा केन्द्रिय समितिबाट लालकिशोर साह, अरुणसिंह मण्डल, सीता यादव र चन्देश्वर सदा रहेका छन् । यस्तै, संघीय परिषदबाट लालजी शरण यादव, मधेश प्रदेश समितिबाट रामबाबु यादव रहेका छन् ।
यसैगरी, मुख्यसचिव दिनेश यादव , प्रदेश सदस्य ज्ञानेन्द्र यादव तथा धनुषा जिल्ला समन्वय समितिबाट पशुपति यादव र सत्रुधन यादव रहेका छन् ।
Facebook Comment
Comment