मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

नेपालभ्युज

मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

काठमाडौं। केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मङ्गलबार भएको फाइनलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ५–३ गोलअन्तरले पराजित गरेको हो।

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएसँगै खेल टाइब्रेकरमा प्रवेश गर्‍यो । मछिन्द्रका लागि दिवाकर चौधरी, पुजन उपरकोटी, ओमोलाजा, सुजल श्रेष्ठ र रंजित धिमालले गोल गरे।

सातदोबाटोका लागि भने एक राज बुढाथोकी, निरज चौधरी र दिपेन राज सिंहले गोल गरे। अब्दुल अबुबकारीले भने सातदोबाटोको लागि गोल गर्न असफल भए।

यससँगै मछिन्द्रले १० लाख रुपैँयाको पुरस्कारराशी प्राप्त गरेको छ। उपविजेता सातदोबाटोले भने ५ लाख रुपैँया प्राप्त गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved