काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (सोमबार) १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । २८ दिने, ९१ दिने र ३६४ दिने गरी तीन किसिममा ट्रेजरीलाई केन्द्रीय बैंकले सोमबार दिउँसो ३ बजे बोलकबोल गर्न लागेको हो ।
ट्रेजरी मगंलबार बिक्री हुनेछ । यद्यपि, कुल ट्रेजरीमध्ये ८ अर्ब १३ करोड रुपैयाँ पुरानो बिलको नवीकरण गरेर बाँकी रहेको ७ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी बिक्री गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार २८ दिने ट्रेजरीको ५ अर्ब रुपैयाँ र ९१ दिनको ३ अबै १३ करोड रुपैयाँ नवीकरण हुनेछ भने ३६४ दिनको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ बिक्री गरिनेछ । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेभित्र ट्रेजरी खरिदका लागि अनलाइन आवेदन दिन सक्ने जनाइएको छ ।
यसअघि, केन्द्रीय बैंकले फागुन ८ गते ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो।
Facebook Comment
Comment