पुटिनको आरोप- युक्रेनको द्वन्द्वमा नेटोले हतियार आपूर्तिमा भाग लिएको छ

नेपालभ्युज

पुटिनको आरोप- युक्रेनको द्वन्द्वमा नेटोले हतियार आपूर्तिमा भाग लिएको छ

मस्को  ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार सहयोग गरेर युक्रेन द्वन्द्वमा भाग लिएको आरोप लगाएका छन् ।

‘उनीहरूले युक्रेनमा अर्बौं डलरको हतियार पठाइरहेका छन् । वास्तवमा, यो युद्धमा सहभागिता हो,’ पुटिनले आइतबार प्रसारित रोसिया–१ च्यानललाई दिएको अन्तर्वार्तामा भने । पुटिनले भने, ‘यसको अर्थ के हो भने कीभ सरकारले गरिरहेको अपराधमा अप्रत्यक्ष रुपमा भए पनि उनीहरुले भाग लिइरहेका छन् ।’

‘पश्चिमा मुलुकहरूको एउटा मात्र उद्देश्य पूर्व सोभियत सङ्घ र यसको मुख्य भाग रूसी सङ्घलाई टुक्राउने रहेको छ,’ उनले भने।

उनीहरूले हामीलाई सभ्य मानिसहरूको तथाकथित परिवारमा भिन्न भिन्न रूपमा मान्यता दिने गरेका छन् । युक्रेनमा रूसको पूर्ण आक्रमण सुरु भएको एक वर्ष पुग्नुभन्दा एक दिन पहिले गत बिहीबार मस्कोमा आयोजित देशभक्तिपूर्ण कन्सर्टका क्रममा पुटिनले उक्त कुरा बताएका हुन् ।

अन्तर्वार्तामा पुटिनले बहुध्रुवीय विश्वका लागि आफ्नो आह्वान दोहोर्‍याउँदै यस्तो हुनेमा आफूलाई कुनै अनौठो नलागेकोे बताएका छन् । ‘हामी केको विरुद्धमा छौं ? सोभियत सङ्घको पतनपछि विश्वलाई आफ्नै शैलीमा ढाल्ने उनीहरूको प्रयासले यो अवस्था निम्त्याएको छ, हामी यसविरूद्ध प्रतिक्रिया दिन बाध्य छौं,’ उनले भने ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved