बागमती प्रदेश सरकारबाट पनि बाहिरियो राप्रपा, मन्त्रीले बुझाए राजीनामा

नेपालभ्युज

बागमती प्रदेश सरकारबाट पनि बाहिरियो राप्रपा, मन्त्रीले बुझाए राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

शनिबार साँझ  तीनै जना मन्त्रीले मुख्यमन्त्री शालिकराम जमकट्टेल समक्ष राजीनामा बुझाएका हुन् ।

प्रदेश सरकारमा सहभागी राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री उद्धव थापा, पर्यटन, उद्योग  तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु बिष्टले राजीनामा बुझाएका हुन्।

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको शनिबार बिहान बसेको संयुक्त बैठकले संघीय र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

यसअघि संघीय सरकारमा सहभागी राप्रपाका मन्त्रीले  दिउँसो नै प्रधानमन्त्रीसमक्ष राजीनामा दिइसकेका छन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved