राष्ट्रपतिमा उम्मेदवारी दर्तापछि पौडेलले भने, ‘ओलीजीले पनि मलाई सहयोग गर्ने विश्वास लिएको छु’

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका छन् ।

शुक्रबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले संविधानको अक्षर र
भावनालाई अक्षरस पालना गर्नु आफ्नो कर्तव्य हुने बताउँदै गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र
सुरक्षित राख्नुपर्ने बताए ।

उनले भने– ‘नेपालको संविधान २०७२ को अक्षर र भावनालाई अक्षरसः पालना गर्ने मेरो कर्तव्य हो । देशको संविधानको रक्षा गर्ने, संघीय
लोकतान्त्रिक गणतन्त्रलाई साकार गर्ने र गणतन्त्रलाई संस्थागत गर्ने अहिलेको चुनौति छ । गणतन्त्र संस्थागत गर्नुपरेको छ । नेपाली जनताको हकमा आएको सार्वभौमसत्तालाई बलियो गरेर सुरक्षित राख्नुपर्ने छ । नेपालमा आएको परिवर्तनको रक्षा गर्दै नेपालको उन्नतिलाई अगाडी बढाउने, नेपाली जनताको उन्नति, नेपाल राष्ट्रको एकता र राष्ट्रिय अखण्डता, राष्ट्रलाई जोगाउने । राष्ट्रियतालाई सबल बनाउने काममा मेरो सहयोग हुन्छ । मैले अपेक्षा गरेको हुँ सर्वसम्मत हुन । सम्भवत त्यो पनि चुनावको दिनसम्म हुन्छ कि । त्यसमा म कोशिस गर्दैछु ।’ एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय । पुरानो साथी भएकाले उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई  योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु ।’

उनले राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन कोसिस गर्ने बताउनु भयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved