राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी दर्ता, प्रस्तावकमा अध्यक्ष ओली

सबैको तर्फबाट राष्ट्रपतिको उम्मेदवार भएको प्रतिक्रिया

नेपालभ्युज

राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी दर्ता, प्रस्तावकमा अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका हुन्।

नेम्वाङको प्रस्तावका पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र छविलाल विश्कर्मा रहेका छन् । यसैगरी, योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी थापा (रावल) र अमनकुमार मास्के समर्थक रहेका छन्।

एमालेले पुुस १० गते भएको सहमतिअनुसार सत्तारुढ दलहरूको तर्फबाट भन्दै सो पदमा उम्मेदवारको रूपमा नेम्वाङलाई उठाउने निर्णय गरेको थियो । राष्ट्रपतिको उम्मेदवार नेम्वाङले आफू सबैको तर्फबाट राष्ट्रपतिको उम्मेदवार भएको प्रतिक्रिया दिए ।

‘म राष्ट्रपति हुने र जनताको राष्ट्रपतिको रूपमा काम गर्न प्रयास गर्नेछु’ उनले भने–‘मेरो पार्टीले मलाई पार्टीले अगाडि सारेको छ, यसमा म खुसी छु।’

उनले संविधानको संरक्षक बन्न लागेकोले राजनीतिक दल र मतदाताहरूले साथ दिनेमा आशावादी रहेको भन्दै राष्ट्रपतिको रूपमा इमान्दार भूमिका निर्वाह गर्ने बताए। राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved