कांग्रेस उम्मेदवार पौडेल भन्छन् ‘संविधानको संरक्षणका लागि सचेत छु’

नेपालभ्युज

कांग्रेस उम्मेदवार पौडेल भन्छन् ‘संविधानको संरक्षणका लागि सचेत छु’
फाइल तस्वीर

काठमाडाैं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण र राष्ट्रियताको संवर्द्धन गर्ने अभिभाराका लागि आफू सचेत रहेको बताएका छन्।

शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन्।

उनले आफ्नो जिम्मेवारीप्रति सचेत रहेको पनि बताए। सबै मिलेर राष्ट्र र संविधानको रक्षा गर्नुपर्ने र वर्तमान राजनीतिक प्रणालीको महत्त्व सबैले बुझ्नुपर्ने नेता पाैडेलकाे भनाइ छ।

उनले भने, ‘नेपालको संविधानको संरक्षण, नेपालको राष्ट्रियताको संवर्द्धन, नेपाली जनताको उन्नतिको रेखदेख गर्ने जुन अभिभारा, जिम्मेवारी मलाई आउन लागिरहेको छ। यसप्रति म सचेत छु।’

उनले आफूप्रति नेपालको राजनीतिक जगतले अपार स्नेह, सहानुभुति र सद्भाव राखेको अनुभूति गरेको पनि बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved