काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले आफूहरु राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा रहेको बताएका छन् ।
जनमत पार्टीको वरिष्ठ उपाध्यक्ष समेत रहेका मन्त्री खानले शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो पार्टी राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका हुन् । उनले राष्ट्रपति देशको अनुहार भएको भन्दै त्यसमा विवाद गर्नु नहुने बताए । राष्ट्रपतिमा सहमति गर्नुपर्नेमा आफूहरुको जोड रहेको उनको भनाई छ ।
‘राष्ट्रिय सहमतिकै कुरामा हामीले मुख्य रुपमा विश्वास राखेका छौँ अहिलेसम्म । हामी त राष्ट्रिय सहमतिकै पक्षमा छौँ । राष्ट्रपति भनेको देशको अनुहार हो । त्यसमा विवाद गर्नु हुँदैन । राष्ट्रपतिमा सहमति गरौँ भन्ने मेरो सोच हो,’ उनले भने ।
मन्त्री खानले राष्ट्रपति निर्वाचनको सन्दर्भमा ठूला राजनीतिक दलहरुले आफूहरुसँग कुनै छलफल नगरेका बताए ।
Facebook Comment
Comment