नेपालले दियो सिंगापुरलाई २६२ रनको लक्ष्य, आकाश र विशालको अर्धशतक

नेपालभ्युज

नेपालले दियो सिंगापुरलाई २६२ रनको लक्ष्य, आकाश र विशालको अर्धशतक

काठमाडौं। यू–१९ पुरुष विश्वकप एसियन छनोटमा नेपालले सिंगापुरलाई २६२ रनको लक्ष्य दिएको छ।

यूएईमा ईडन गार्डेन ओभल अजमानामा जारी खेलमा पहिले ब्याटिङ रोजेको नेपालले पुरै ओभरमा ७ विकेटको क्षतिमा २६१ रन बनाएको हो।

नेपालका लागि आकाश त्रिपाठीले डेब्यू खेलमा नै १०७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७८ रनको योगदान गरे। अर्का डेब्यु खेलाडी विशाल विक्रम केसीले भने ५४ बलमा अविजित ६३ रनको पारी खेले।

अर्जुन कुमाल र आकाशले दोस्रो विकेटको लागि ९३ रनको साझेदारी गरे। तेस्रो विकेटको लागि भने कप्तान देव खनाल र त्रिपाठीले ३७ रनको साझेदारी गर्न सफल भए।

सिङ्गापुरको लागि अभ्युदय छन्जिर र आर्यभार चौधरीले २–२ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved