नामिबिया यूएईसँग हारेपछि नेपाललाई फाइदा

नेपालभ्युज

नामिबिया यूएईसँग हारेपछि नेपाललाई फाइदा

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ एकदिवसीय सिरिजमा यूएईले नामिबियालाई पराजित गरेको छ। यूएईको दुबईमा बिहीबार भएको खेलमा यूएईले नामिबियालाई १ विकेटले पराजित गरेको हो। नामिबियाको पराजयसँगै नेपाललाई केही फाइदा पुग्ने छ।

९२ रनको सानो लक्ष्य यूएईले ३३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो। घरेलु टोलीको लागि आयान अफजल खानले अविजित ३५ र वृत्य अरविन्दले १८ रन जोडे। नामिबियाको लागि टाङ्गेनी लुङ्गामेनीले ४, रुबेन ट्रम्पलम्यानले ३ र बेन शिकोङ्गोले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको नामिबिया ३१.१ ओभरमा ९१ रनमा अलआउट भयो। नामिबियाको लागि रुबेन ट्रम्पलम्यानले ३० र जेन ग्रिनले २४ रन जोडे। यूएईको कार्ल बिरकेन्स्टोक, कप्तान गेरहार्ड इरास्मस, जेन निकोल लोफ्टी–इटन र पिकी या फ्रान्स डगआउट भएका थिए। कार्तिक मयप्पन, आयान अफजल खान, जहुर खानले ३–३ तथा हजरत बिलालले १ विकेट लिए।

शनिबार लिग–२ मा नामिबियाको अन्तिम खेल हुँदैछ। जसमा यूएई र नामिबिया आमने-सामने हुनेछन्। यूएई २९ अंकसहित पाँचौं स्थानमा छ। ३७ अंक भएको नामिबिया तेस्रो स्थानमा छ। नेपाल २६ अंकसहित छैटौं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved