किलोकै डेढ लाख मुल्य पर्ने संसारकै सबैभन्दा महंगो तरकारी र यसका फाइदा

नेपालभ्युज

किलोकै डेढ लाख मुल्य पर्ने संसारकै सबैभन्दा महंगो तरकारी र यसका फाइदा

एजेन्सी । के तपाईंले कहिल्यै सोंच्नुभएको छ कुनै तरकारीको मूल्य लाखौं पर्न सक्छ ? यदि थाहा छैन भने आउनुहोस् जानौं हप शुट्सका बारेमा जो संसारकै सबैभन्दा महंगो तरकारी हो ।

यसको मूल्य एक लाखदेखि डेढ लाख प्रति किलोसम्म पर्छ । यति महंगो पर्नुको कारण भने यसलाई फलाउन पनि धेरै महंगो पर्दछ ।

हपमा पाइने पोषक तत्व

हप शुट्सलाई एउटा हर्बल औषधी मानिन्छ जसमा इमेंशियल तेल, भिटामिन्स तथा खनिज पदार्थ पाइन्छ । यसमा भिटामिन ई, भिटामिन बी ६ र भिटामिन सीमा एन्टीअक्सीडेन्ट गुण पाइन्छ जसले रोग प्रतिरोधी क्षमतालाई बढाउने काम गर्छ । जसले गर्दा विभिन्न रोगबाट बच्न सकिन्छ।

छालाको लागि राम्रो

यसमा प्राकृतिक तेल र खनिज पदार्थ पाइन्छ, जो छालाको लागि एकदमै राम्रो हुन्छ । छालामा हुने संक्रमण तथा जलनबाट छुट्कारा दिलाउने गर्दछ ।

निद्रा नलाग्ने समस्या टाढा भाग्छ

एक सोधका अनुसार हप शुट्स इसेंशियल तेलले भरिपूर्ण हुन्छ, जसले निद्रालाई राम्रो बनाउने काम गर्दछ । साथै महिनावारीको बेला हुने दुखाईमा यसले काम गर्दछ ।

कपाल झर्न हुन्छ कम

यसमा पाइने एन्टीअक्सीडेन्ट गुणले कपाल झर्न र चायाँ समेत हटाउन मद्दत गर्दछ ।

मांशपेशीमा आराम

कैयौं अध्ययनबाट यो कुराको पुष्टि भएको छ, यो तरकारीको सेवन गर्दा शरीरको दुखाई पनि कम हुने गर्दछ । साथै शरीरको मेटाबोलिज्म राम्रो बनाई पाचनक्रिया राम्रो बनाउने काम गर्छ ।


Comment

One thought on “किलोकै डेढ लाख मुल्य पर्ने संसारकै सबैभन्दा महंगो तरकारी र यसका फाइदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved