एजेन्सी । ज्योतिष शास्त्रका अनुसार सबै १२ राशीकै आ–आफ्नै स्वभाव हुन्छन् । ग्रह तथा नक्षत्रको असर सबै राशीमा पर्ने गर्दछ । राशीको स्वभावअनुसार नै यसको व्यवहार पनि तय हुन्छ ।
ज्योतिष शास्त्रमा ५ यस्ता राशीका बारेमा भनिएको छ, जसले धेरै नै खर्च गर्ने गर्दछन् । यी राशी भएका व्यक्ति आफ्ना इच्छा पूरा गर्नका लागि कुनै पनि हदसम्म जान्छन् । आउनुहोस् जानौं ती राशीका बारेमा ।
मिथुन राशी
यस राशीको स्वामी बुध हो । यस राशी भएका व्यक्ति एकदमै खर्चिला हुने गर्दछन् । यस्ता व्यक्तिहरु आफ्नो सुविधाका लागि खर्च गर्न कत्ति पनि हिच्किचाउँदैनन् ।
सिंह राशी
सिंह राशीको स्वामी सूर्य हो । यस राशीका व्यक्तिहरु पनि आफ्नो राजसी ठाँटबाँठका लागि चिनिन्छन् । यस्ता व्यक्तिलाई विलासी जीवन बिताउन मन पर्छ ।
तुला राशी
यो शुक्र ग्रहको राशी हो जो भौतिक सुखका लागि चिनिने ग्रह हो । यो राशी भएका व्यक्ति एकदमै महंगा इच्छाआकांक्षा राख्ने गर्दछन् र पूरा गर्न पनि पछि पर्दैनन् ।
वृक्षिक राशी
यो राशीको स्वामी मंगल हो । यो राशी भएका व्यक्ति धन खर्च गर्नका लागि अगाडि नै हुन्छन् । अरुको वास्ता नगरिकनै खुलेर जिउने खालका हुन्छन् ।
कुम्भ राशी
यो राशी भएका व्यक्तिहरु आफ्नो झुटो सान देखाउनका लागि एकदमै खर्च गर्छन् । समाजमा आफ्नो पहुँच देखाउनका लागि यिनी व्यक्तिहरु पानी जसरी पैसा बगाउँछन् ।
Facebook Comment
Comment