एजेन्सी । कपाललाई सुन्दर बनाउन चाहनुहुन्छ भने अब पार्लर तथा सैलुनमा धेरै पैसा खर्च गर्नु पर्दैन । धेरै महिलाले प्रयोग गरेको घरेलु तरिकाबाटै अब हुनेछ सुन्दर कपाल ।
यो घरेलु मास्क बनाउनका लागि चियापत्ती तथा करी पत्ताको आवश्यकता पर्दछ । यो मास्क बनाउने र यसका फाइदाका बारेमा जानौं ।
मास्क बनाउने सामग्री
- चियापत्ती – २ देखि ३ चम्चा
- करी पत्ता – सानो १ कचौरा
- एलोबेरा जेल – १ चम्चा
- पानी –आवश्यकताअनुसार
बनाउने तरिका
- सबभन्दा पहिला एक देखि दुई कप पानीमा चियापत्ती पकाउनुहोस् ।
- जब पानी आधा हुन्छ त्यसपछि चियापत्ती छानेर पानीलाई छुट्टै भाँडामा राख्नुहोस् ।
- अब करी पत्तालाई पिसेर मसिनो पेस्ट बनाउनुहोस् ।
- उक्त पेस्ट, चियापत्तीको पानी र एलोभेरा जेललाई मिसाउनुहोस् ।
- कपाललाई हल्का भिजाएर यो पेस्ट कपालमा लगाउनुहोस् ।
- कपालको जरादेखि पूरै कपालको लम्बाईसम्म उक्त पेस्ट लगाएर सुतिको कपडाले ढाक्नुहोस् ।
- २० मिनेट पछि कपडा हटाउनुहोस् र सफा पानीले कपाल धुनुहोस् ।
मास्कका फाइदा
- चियापत्ती तथा करी पत्तामा पाइने पोषक तत्वले कपाललाई चम्किलो बनाउँछ ।
- यसलाई प्रयोग गर्दा कपालको रुखोपन समाप्त हुन्छ साथै कपाल मुलायम हुन्छ ।
- कपाल झर्न तथा टुक्रिने समस्याबाट छुट्कारा पाइन्छ ।
- कपालमा यदी चाँया छ भने पनि यो मास्क लगाउँदा फाइदा हुन्छ ।
Facebook Comment
Comment