कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो- राष्ट्रपतिमा सहयोग गर्नुस्

नेपालभ्युज

कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो- राष्ट्रपतिमा सहयोग गर्नुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बालुवाटारमा भएको  भेटवार्ता  सकिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापाको टोलीले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको थियो ।

छलफलमा कांग्रेसले औपचारिक रुपमा राष्ट्रपतिमा आफ्नो दललाई सहयोग गर्न आग्रह गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल भ्युजलाई बताए ।  जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गर्ने आश्वासन दिएका छन् ।

प्रचण्ड नजिकिँदो राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडानमा छन् भने कांग्रेस पछिल्लो सत्ता गठबन्धन भत्काउन राष्ट्रपति निर्वाचनलाई उपयोग गर्ने रणनीतिमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved