ल्होत्से मलमा मोबाइल लुट्ने र गाडी जलाउने ४० जनामाथि अनुसन्धान सुरु

नेपालभ्युज

ल्होत्से मलमा मोबाइल लुट्ने र गाडी जलाउने ४० जनामाथि अनुसन्धान सुरु

काठमाडौं। १ फागुनमा नयाँ बसपार्कस्थित ल्होेत्से मलमा तोडफोड गरी लुटपाट गर्ने र प्रहरीको सवारीसाधन आगजनीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।

आगजनी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिएका छन्।

गत १ फागुनमा यातायात मजदुर आन्दोलनका नाममा प्रहरीका दुई वटा भ्यानमा आगलागी भएको थियो। ल्होत्से मल तोडफोड गरेर मोबाइल पसल लुटपाट गरिएको थियो।

सो तोडफोड र लुटपाटको घटना पछि यातायात मजदुर सङ्गठनले सवारी साधन बन्दको घोषणा गरेका थिए। पछि सरकारसँगको सहमतिमा आन्दोलन फिर्ता लिए।

पीडित व्यापारीले भने पसल तोडफोड गर्नेलाई हिरासतमा लिई अनुसन्धान गर्न माग राखेका थिए। आन्दोलनकारीले ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए।

साथै, प्रहरी वृत्त बालाजुको बा २ झ १४४ नम्बरको स्कार्पियो र बा १ झ ७२२४ नम्बरको गाडीसमेत जलाउनुका साथै बालाजु र माछापोखरी चोकको ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएका थिए। आन्दोलनका क्रममा बालाजु चोकको अस्थायी प्रहरी पोस्टमासमेत आगो लगाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved