धनगढी। कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ती पार्टीका सांसद अरुण चौधरी आज आइतबार रिहा हुँदैछन् । प्रतिनिधिसभा अन्तर्गत कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरेको सूचीमा कैलाली कारागारमा रहेका चौधरीलगायत चारजनाको नाम समावेश रहेको कारागार स्रोतले जानकारी दिएको छ ।
१० बजेपछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी कारागार प्रशासनले गरेको छ ।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघको १९ गते प्रहरीले पक्राउ गरेको थियो ।
Facebook Comment
Comment