घ्यू कुमारीले हट्छ अनुहारको दागधब्बा

नेपालभ्युज

घ्यू कुमारीले हट्छ अनुहारको दागधब्बा

एजेन्सी । अनुहारमा घ्यूकुमारी (एलोभेरा) को प्रयोग एकदमै आम भइसकेको छ । छालालाई स्वस्थ राख्न तथा छालाका विभिन्न समस्याबाट छुट्कारा पाउनका लागि ताजा घ्यू कुमारी वा एलोभेरा जेलको प्रयोग हामीले गरिरहेकै हुन्छौं ।

चम्किलो छाला बनाउनका लागि एलोभेराको प्रयोग एकदमै बढिरहेको छ । यसको फेसप्याक तथा मास्क बनाएर लगाउँदा दागधब्बाबाट पनि छुट्कारा पाउन सकिन्छ ।

दागधब्बा हटाउनका लागि प्याक वा मास्क कसरी बनाउने र सजिलो तरिका के छ भनेर हामी बताउने छौं ।

फेसप्याक बनाउने तरिका

एउटा कचौरामा आवश्यकताअनुसार एलोभेरा जेल राख्नुहोस् र यसमा केही थोपा गुलाब जल राखेर राम्रोसँग मिलाउनुहोस् । एउटा लेप तयार गर्नुहोस् । तपाईंको फेस प्याक तयार भयो ।

प्रयोग गर्ने तरिका

अनुहारको दागधब्बा सफा गर्नका लागि यो फेस प्याकलाई तपाईं अन्य प्याक जस्तै गरेर प्रयोग गर्न सक्नुहुन्छ । सफा पानीले अनुहार धुनुहोस् र सफा अनुहारमा यो लेप लगाउन सक्नुहुन्छ ।

यसलाई २० मिनेटसम्म यत्तिकै राखेर फेरि अनुहार धुनुहोस् । तपाईं यसलाई दिनहुँ लगाउन पनि सक्नुहुन्छ । यो एउटा अनुहारमा राम्रो निखार ल्याउने फेस प्याक सावित हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved