एजेन्सी । धुलो, धुँवा, घाम, पसिना आदिले गर्दा हाम्रो कपाल तथा टाउको एकदमै सुख्खा हुने समस्या आउँछ ।
यदि घन्टौं सैलुन तथा पार्लर जाने समय छैन भने केही घरेलु तरिकाबाटै कपाल तथा सुख्खा टाउकोको उपचार गर्न सकिन्छ । जानौं त्यस्ता उपाय बारे ।
- करीपत्ताको तेलको मद्दतले तपाईं आफ्नो कपाललाई पोषण दिन सक्नुहुन्छ । यो तपाईंको कपालको जराको लागि पनि एकदमै फाइदाजनक छ ।
- नरिवलको तेल पनि सुख्खा कपाललाई पोषण दिनका लागि एकदमै फाइदाजनक छ । यसमा एन्टीफंगल तथा जिवाणुरोधी गुण पाइन्छ ।
- केरा पनि सुख्खा कपाल तथा चायाँका लागि एकदमै राम्रो विकल्प हो । तपाईं केरालाई मास्क बनाएर प्रयोग गर्न सक्नुहुन्छ ।
- एलोबेरामा पनि कैयौं तत्व पाइन्छ, जसले तपाईंको कपाल तथा छालालाई फाइदा गर्छ । नुहाउनु अघि एलोबेरा जेल कपालमा लगाएर १० देखि १५ मिनेट राख्न सक्नुहुन्छ ।
- दही र अन्डाको हेयर मास्क कपालका लागि एकदमै फाइदाजनक छ । यसले कपाललाई चम्किलो तथा सिल्की बनाउन मद्दत गर्छ ।
- जोजोबा तेलले कपाललाई मोइस्चराइज गर्ने काम गर्छ । सुख्खा भएको कपालमा नियमित जोजोबा तेल लगाउँदा फाइदा हुन्छ ।
Facebook Comment
Comment