छालाका लागि मह कति फाइदाजनक छ जानौं

नेपालभ्युज

छालाका लागि मह कति फाइदाजनक छ जानौं

एजेन्सी । महलाई तपाईं कागती पानीसँग मिसाएर बिहान बिहान पिउनुहुन्छ होला । तर यो छालामा लगाउँदा पनि उत्तिकै फाइदाजनक छ ।

महमा एन्टीअक्सीडेन्ट भरपूर मात्रामा पाइन्छ जसले छालालाई स्वस्थ बनाउने काम गर्छ । मह मोइस्चराइजिंग तथा पौष्टिक गुणहरुले भरिपूर्ण हुन्छ ।

धेरै कस्मेटिक्सहरुमा पनि महको प्रयोग गरिएको हुन्छ । जानौं यसका ४ फाइदा बारे ।

क्लींजरका रुपमा मह

के तपाईंलाई थाहा छ, महलाई फेसियल क्लींजरको रुपमा प्रयोग गर्न सकिन्छ ? यदी बजारबाट ल्याएको फेसियल क्लींजरले तपाईंको छालामा राम्रो असर गरिरहेको छैन भने तपाईं सिधै महको प्रयोग गर्न सक्नुहुन्छ ।

यसका लागि महलाई थोरै नरिवलको तेलमा मिसाउनुहोस् र हल्का हातले अनुहारमा लगाउनुहोस् र मसाज गर्दै धुनुहोस् । यसले तपाईंको मेकअप निकाल्ने काम गर्छ ।

मोइस्चराइजरको रुपमा मह

यदि तपाईंको छाला एकदमै रुखो छ र कुनै क्रिम लगाउँदा चिलाउँछ भने थोरै महले अनुहार मसाज गर्नुहोस् । यसलाई केहीबेर छालामा रहन दिनुहोस् र धुनुहोस् । छाला एकदमै मुलायम हुनेछ साथै सुख्खापन हट्नेछ ।

नुहाउनमा मह

जुन दिन तपाईं आरामसँग नुहाउन लाग्नुभएको हुन्छ त्यस दिन मह स्नान गर्न सक्नुहुन्छ । आफ्नो बाथटबमा एक चौथाई कप मह र दुई कप दुध मिसाउनुहोस् । यो स्नानले तपाईंको पुरै शरीरको छाला नै मोइस्चराइज हुन्छ ।

सनबर्न भएकोमा मह

महमा एन्टीइन्फ्लामेटरी तथा एन्टीब्याक्टेरियल गुण पाइन्छ जसले घामले डढेकोमा काम गर्छ । यसलाई एलोबेरा जेलमा मिसाएर घामले डढेको छालामा लगाउनुहोस् । यसले घामले डढेको छालालाई नयाँ बनाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved