आइपिएलको खेल तालिका सार्वजनिक, ३१ मार्चमा गुजरात र चेन्नई भिड्ने

नेपालभ्युज

आइपिएलको खेल तालिका सार्वजनिक, ३१ मार्चमा गुजरात र चेन्नई भिड्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १६ औ सिजनको खेल तालिका सार्वजनिक भएको  छ।

शुक्रबार सार्वजनिक भएको खेल तालिका अनुसार पहिलो खेल गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबिच ३१ मार्चमा हुने भएको छ ।

५८ दिनसम्म चल्ने लिग अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन गरिनेछ भने  २८ मार्चमा प्रतियोगिताको फाइनल  हुने भारतीय क्रिकेट बोर्डले जनाएको छ।

१० टिमबीच ७४ खेल हुने प्रतियोगितामा प्रत्येक टिमले १४ खेलमा भाग लिने छन्।  १० टिम बिच लिग स्टेजका ७० खेल हुने छन्। त्यसपछि प्लेअफका चार खेल हुनेछन्। प्लेअफको सेड्युल भने सार्वजानिक गरिएको छैन्।

सबै खेल भारतका १२ वटा मैदानमा खेलाइने छ । यो वर्षको आईपीएल भारतमा मात्र आयोजना हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved