एजेन्सी। मोजाम्बिकमा यशु ख्रिष्टको नक्कल गर्न खोज्दा एक पास्टरको मृत्यु भएको छ। एक पास्टरले बाइबलमा यशु ख्रीष्टले गरेको कुराको अनुकरण गर्दै ४० दिनसम्म उपवास बस्ने प्रयास गरेपछि उनको मृत्यु भएको हो ।
सान्ता ट्रिन्डेड इभान्जेलिकल चर्चका संस्थापक फ्रान्सिस्को बराजहको अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ । खाना र पानी बिना २५ दिनपछि उनी उभिन नसक्ने अवस्थामा थिए भने तौल पनि निकै कम थियो ।
सुरुमा अस्पताल समेत जान नमानेका उनलाई बल्लतल्ल अस्पताल पुर्याइएको थियो । भोकभोकै २५ दिन वितिसक्दा उनको शरिरका विभिन्न अंगले काम समेत गर्न छाडेका उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । मृत्यु भएका पास्टर जिम्बाब्वेको एक सहरमा फ्रान्सेली शिक्षक पनि थिए।
सान्ता ट्रिन्डेड चर्चका सदस्यहरूले पास्टर र उनका अनुयायीहरूका लागि उपवास बस्नु सामान्य कुरा भएपनि लामो समयसम्म केहि नखानु घातक भएको बताएका छन् ।
ख्रिष्टको ४० दिने उपवासको नक्कल गर्ने यस्तो घातक प्रयासको यो पहिलो घटना भने होइन । यसअघि पनि जिम्बाबेमा ४० दिनसम्म उपवास बस्ने क्रममा ३० दिनमै एक व्यक्तिको निधन भएको थियो।
Facebook Comment
Comment