चाणक्य नीतिका अनुसार व्यक्तिका तीन गहना

आचार्य चाणक्यका नीतिहरु जीवनमा सफलता प्राप्त गर्नका लागि उपयोगी साधन मानिन्छन् । उनका नीतिहरुलाई अहिले पनि व्यक्तिहरुले पालना गरिरहेका छन् ।

नेपालभ्युज

चाणक्य नीतिका अनुसार व्यक्तिका तीन गहना

एजेन्सी । आचार्य चाणक्यका नीतिहरु जीवनमा सफलता प्राप्त गर्नका लागि उपयोगी साधन मानिन्छन् । उनका नीतिहरुलाई अहिले पनि व्यक्तिहरुले पालना गरिरहेका छन् ।

आज हामी चाणक्य नीतिमा व्यक्तिका त्यस्ता तीन वटा गुणका बारेमा बताउनेछौं जसलाई चाणक्यले व्यक्तिका गहना भनेका छन् ।

वाणी (बोली)

एउटा श्रेष्ठ तथा शिक्षित व्यक्तिको आवाज कोयलजस्तो कोमल तथा मधुर हुन्छ । उसका व्यवहार पनि यही प्रकारको हुन्छ र यो नै व्यक्तिको अनमोल आभुषण हो । यसले समाजमा सम्मान मिल्नुका साथै आफ्नो कुलको पनि नाम माथि पुर्‍याउँछ ।

ज्ञान

आचार्य चाणक्यले भनेका छन् कुनै पनि कुरुप व्यक्तिको सुन्दरता उसको ज्ञान हुन्छ । एउटा ज्ञानी व्यक्तिले समाजको हरेक पदमा सम्मान प्राप्त गर्छ र उसले आफ्नो ज्ञानको बलमा सफलता हासिल गर्छ ।

त्यसैले मानिसले शारीरिक सुन्दरता भन्दा ज्ञानको सुन्दरतालाई बढाउन जरुरी हुन्छ । यो व्यक्तिको अमूल्य गहना हो ।

क्षमा भाव

चाणक्य नीतिमा भनिएको छ, जो व्यक्तिमा क्षमा दिने भावना हुन्छ ऊ तपस्वी जस्तो तेजवान हुन्छ । यो उनीहरुका लागि महंगो गहना हो । त्यसैले क्षमा तथा करुणा भाग हरेक व्यक्तिमा हुन जरुरी छ ।यसले जीवनमा शत्रु पनि बन्दैनन् साथै मित्र तथा परिवारमा विवाद उत्पन्न पनि हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved