गर्भावस्थामा तनावमुक्त रहन अपनाउनुहोस् यस्ता उपाय

नेपालभ्युज

गर्भावस्थामा तनावमुक्त रहन अपनाउनुहोस् यस्ता उपाय

एजेन्सी । महिलाहरु आफ्नो गर्भावस्थाको बेलामा आफू आमा बन्ने बारेमा सोंचेर नै धेरै खुशी हुने गर्छन् । तर अचानक कुनै कुनै बेला एकदमै निरास पनि हुने गर्छन् । किनकी यस्तो हर्मोनहरुको फेरबदलले गर्दा हुने गर्दछ ।

गर्भावस्थाको ९ महिना हरेक महिलाका लागि जति खास हुन्छ त्यति नै तनावपूर्ण पनि हुन्छ । त्यसैले यस्तो अवस्थामा जतिबेला पनि खुशी तथा मनलाई प्रसन्न राख्नका लागि महिलाहरुले विभिन्न उपायहरु अपनाउन सक्छन् । जसमध्ये केही उपायहरु हामीले यहाँ बताउन गइरहेका छौं ।

१. सकारात्मक सोंच राख्ने कोसिस गरौं

गर्भावस्थाको समयमा महिलाहरु प्राय मोटी हुने, अनुहारमा विभिन्न दागधब्बाहरु देखिने जस्ता कुराहरुले निरास हुने पनि गर्दछन् । यस्तो राम्रो खुशीका लागि भएको परिवर्तन हो भन्ने सोंचेर सकारात्मक बन्ने कोसिस गर्नुपर्छ ।

बिहानको शुरुवात नै म बलियो छु, सुन्दर छु भन्ने खालका मनमा विचारहरु ल्याउने कोसिस गर्नुपर्छ । बाहिरी सुन्दरता भन्दा भित्री सुन्दरतालाई महत्व दिने र बच्चाको आफ्नो स्वास्थ्यको बारेमा सोंच्ने गर्नुपर्छ ।

२. खास व्यक्तिहरुको नजिक रहनुहोस्

गर्भावस्थाका समयमा तपाईं विभिन्न राम्रा तथा नजिकका साथीभाईहरुसँग जोडिन सक्नुहुन्छ । आफ्नो जीवनका महत्वपूर्ण व्यक्तिहरुसँग जोडिँदा, उनीहरुसँग आफ्नो विचारहरु साझा गर्दा मन हल्का हुन्छ ।

यसरी धेरै सकारात्मक विचारहरु आदानप्रदान पनि हुने गर्दछ । जसले गर्भवती महिलालाई सकारात्मक रहन मद्दत पुग्दछ । तपाईंले कस्तो महसुस गरिरहनु भएको छ त्यो कुरा आफ्ना हितैसीलाई बताउन सक्नुहुन्छ ।

३. आफ्नो पार्टनरसँग खुलेर कुरा गर्नुस्

बच्चालाई लिएर जति महिला उत्साहित हुन्छन् त्यति पुरुष पनि उत्साहित भइरहेका हुन्छन् । तर कतिपय अवस्थामा उनीहरु आफ्नो उत्साह खुलेर देखाउन सक्दैनन् । त्यसैले महिला स्वयम्ले पार्टनरसँग खुलेर कुरा गर्न सक्नुहुन्छ । जसले गर्दा पुरुषले पनि बुवा बन्ने खुशीलाई महसुस गर्न सक्छन् । यसो गर्दा गर्भवतीलाई एक्लो महसुस हुँदैन ।

आफ्नो सुखदुखमा सधै पार्टनर छ भन्ने महसुस हुन्छ । यसो गर्दा तनावमुक्त पनि रहन सकिन्छ ।

४. गर्भावस्थामा गर्ने योग गर्नुहोस्

तनाव कम गर्नका लागि योग पनि एकदमै महत्वपूर्ण तरिका हो । धेरै अध्ययनहरुबाट पनि यो कुराको पुष्टि भइसकेको छ, योग तथा ध्यानले मानिसमा एकाग्रता आउँछ र तनाव टाढा भाग्छ ।

त्यसैले गर्भावस्थामा गर्न मिल्ने खालका विभिन्न योगासनहरु गर्दा तनाव मुक्त भइन्छ । यसले राम्रो निद्रा पनि लाग्ने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved