महाशिवरात्रीमा बागमती नदी सफा गर्न ‘धाप ड्याम’ खोलिने

नेपालभ्युज

महाशिवरात्रीमा बागमती नदी सफा गर्न ‘धाप ड्याम’ खोलिने

काठमाडौं। महाशिवरात्रीमा बागमती नदी सफा बनाउनेगरी ‘धाप ड्याम’ खोलिने भएको छ । यो ड्याम बागमतीको मुहानक्षेत्र शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र बनेको मानव निर्मित जलाशय हो ।

सुन्दरीजलबाट १८ किलोमिटर टाढा रहेको धाप ड्यामको उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले बिहीबार उद्घाटन गरेका छन् । वर्षायामको पानी जम्मा गरेर यो ड्यामबाट हिउँदमा बागमतीमा पानी बगाउने तयारीस्वरूप ड्याम निर्माण गरिएको हो ।

गोकर्णेश्वर नगरपालिका–१ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा निर्माण भएको जलाशय हो । महाशिवरात्रीको मेलामा धेरै भक्तजन पशुपति क्षेत्रमा आउनेहुँदा धाप ड्यामबाट पानी बगाएर बागमती नदीको बहाव बढाउने तयारी भएको हो ।

बिहीबार धाप ड्याममा आयोजित उद्घाटन समारोहमा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले ड्यामको निर्माण बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका लागि उदाहरणीय भएको बताए ।

शहरी विकासमन्त्री विक्रम पाण्डेले धाप ड्याम जस्ता संरचना बनाउँदा बायो इन्जिनियरिङमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved